काठमाडौं । जेन जी आन्दोलनपछि विकसित घटनाक्रम र आसन्न निर्वाचनमा सुरक्षा चुनौतीलाई लिएर चासो व्यक्त भइरहेका बेला नेपाल प्रहरीले आफूसँग पर्याप्त जनशक्ति नभएको बताएको छ ।

७० औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङले आफू मातहत २५ हजार प्रहरी कर्मचारी आवश्यक भएको बताएका हुन् । नागरिकस्तरबाट माग भए अनुसार सुरक्षा व्यवस्था बलियो बनाउन जनशक्ति थप गर्नुपर्ने अवस्था भएको उनको भनाइ थियो ।

advertisement

प्रहरीका अनुसार आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ४ सय ६५ मध्ये ४ सय १ वटा कार्यालय सञ्चालनमा ल्याइएको छ ।

महानिरिक्षक खापुङले राज्यले प्रदान गरेको जिम्मेवारी र आधारभूत दायित्व पुरा गर्न प्रहरी संगठन प्रतिवद्ध रहेको बताए । प्रहरीको मनोवल बढाउन सांगठनिक सुदृढीकरण र आधुनिकीकरणमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।

 

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com