काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणको माग अस्वीकार गर्दै पुनः स्पष्ट गरेको छन्।

विधान महाधिवेशनदेखि नै सचिवालय, स्थायी समिति र नवौँ केन्द्रीय समितिसम्म भण्डारीको सदस्यता नवीकरणका मागहरू उठ्दै आएका थिए। तर, हालै बसेको दशौँ केन्द्रीय समितिको बैठकमा पनि करिब छ दर्जन नेताहरूले सोही विषय उठाउँदा समेत अध्यक्ष ओली अडिग रहे।

advertisement

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा ओलीले भण्डारीप्रति आफूलाई व्यक्तिगत रूपमा राम्ररी चिन्ने दाबी गरे। उनले सदस्यता नवीकरणको मुद्दा उठाउनेहरूलाई ‘विद्या भण्डारीको माइती बन्नु नपर्ने’ टिप्पणी गर्दै भण्डारीको असहज अवस्थाका बेला आफूले नै उपचार सहयोगका लागि पहल गरेको बताए।

‘म विद्या भण्डारीलाई राम्रै चिन्दछु,’ ओलीले भने, ‘उहाँ बिरामी हुनुभएको बेला मकै निर्णय गर्न लगाएको थिएँ र पाँच लाख रूपैयाँ सहयोग उठाउने प्रस्ताव पनि गरेको थिएँ।’

ओलीका अनुसार पूर्वराष्ट्रपति भण्डारीले आफूलाई सघाउन व्यक्तिगत रूपमा सम्पर्क गर्नुपर्ने बताएका थिए।

यसअघि पनि एमालेभित्र भण्डारीको पुनःसक्रियता र पार्टी सदस्यता नवीकरणका विषयमा निरन्तर बहस हुँदै आएको छ, तर अध्यक्ष ओलीले भने सो विषयमा कुनै लचिलोपन देखाएका छैनन्।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com