काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ रानीटारमा बोलेरो जीप अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्राविधिक कमल चौलागाईका अनुसार बिहान करिब ९ः३० बजेदेखि रानीटार क्षेत्र तथा आसपासका बस्तीमा विद्युत आपूर्ति पूर्णरूपमा रोकिएको हो ।

advertisement

११ मिटर अग्लो सिमेन्टको पोलमा गाडी ठोक्किँदा पोल भाँचिएको र तार चुँडिएपछि मेलम्ची फिडर अन्तर्गत पर्ने मण्डनदेउपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्राविधिक टोलीले घटनास्थलमा पुगेर मर्मत तथा पुनःस्थापनाको काम सुरु गरिसकेको छ । करिब तीनदेखि चार घण्टाभित्र मर्मत कार्य पूरा गरी विद्युत सेवा पुनः सुचारु हुने अनुमान गरिएको छ ।

विद्युत आपूर्ति अवरुद्ध हुँदा स्थानीय बासिन्दा र व्यापारीहरू प्रभावित भएका छन् । प्राधिकरणले असुविधाका लागि क्षमायाचना गर्दै मर्मत कार्यमा सहयोग र धैर्य देखाउन स्थानीयलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com