काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा छलफलका लागि डाकेका छन् ।
राष्ट्रपतिसँगको उक्त बैठकमा सरकारका प्रतिनिधिहरूको पनि सहभागिता रहेको शीतलनिवास स्रोतले जनाएको छ ।
स्रोतका अनुसार राष्ट्रपति पौडेल र सुरक्षासंस्थाका प्रमुखबीच अहिले शीतलनिवासमा छलफल जारी छ । तर, सो छलफलको एजेन्डा सार्वजनिक गरिएको छैन ।
राष्ट्रपति कार्यालयले बैठकका विषयमा कुनै औपचारिक जानकारी नदिए पनि यो छलफल पछिल्लो सुरक्षा परिस्थितिसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया