बिराटनगर । नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक बिराटनगरमा पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट कुल चार हजार एक सय भारतीय रुपैयाँ बराबरका नक्कली नोट बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा भारत, बिहार राज्यको अररिया जिल्लाका २३ वर्षीय मोहमद अरवाज र मोहमद रजा रहेका छन्। उनीहरूलाई शुक्रबार साँझ करिब ६ः३० बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो।

advertisement

प्रहरीका अनुसार उनीहरू जोगवनीबाट सिटी सफारीमा बिराटनगर आएका थिए। बसपार्कमा ओर्लिएपछि अरवाजले सफारी चालकलाई भाडा तिर्नका लागि भारतीय २ सय रूपैयाँको नोट दिएका थिए। नोट नक्कली भएको आशंका लागेपछि चालकले तत्काल प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीले घटनास्थलमै पुगेर उनीहरूलाई नियन्त्रणमा लिएर तलासी गर्दा २ सयका १८ थान र ५ सयको एक थान नक्कली भारतीय नोट बरामद गरेको जनाएको छ।

हाल पक्राउ परेकालाई थप अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com