काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका छन्।
शनिबार ओली पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका हुन्। कार्यक्रममा एमालेले विजयदशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान आयोजना गरेको थियो।
अध्यक्ष ओलीको यो उपस्थिति जेनजी आन्दोलनपछि पार्टी कार्यालयमा पहिलोपटक देखिएको हो, जसले कार्यकर्ता र पार्टी नेतृत्वबीच प्रत्यक्ष सम्पर्कको संकेत दिएको मानिएको छ।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया