काठमाडाैं । जेनजी अभियन्ता मिराज ढुंगानाले प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा आफ्नो पार्टीको मुख्य अडान हुने स्पष्ट पारेका छन्।

एभरेस्ट होटलमा आयोजित दल घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताए। सो अवसरमा उनले राजनीतिक दल खोल्नुको उद्देश्य निर्वाचनमा जानु मात्र नभएको दाबी गरे।

advertisement

प्रत्यक्ष निर्वाचित कार्यकारीसँगै विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने माग पूरा नभई आफ्नो दल निर्वाचनमा नजाने उनले स्पष्ट पारे। उनले जेनजी पुस्तालाई छरिएर परिवर्तन सम्भव नभएको भन्दै आफ्नो नयाँ दलमा लामबद्ध हुन आह्वान गरेका छन्।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com