काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘म्याद नतोकिएको म्यादी सरकार’ भन्दै आलोचना गरेका छन्।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै ओलीले निवर्तमान प्रधानमन्त्रीको रूपमा सरकार जग नभएको र स्थायित्वहीन रहेको आरोप लगाएका हुन्।
‘यो सरकार जग नभएको, हल्लिँदा पुक्लुक्क हुने अवस्था भएको म्यादी सरकार हो,’ उनले भने, ‘यो सरकार स्थायी छ भन्ने भ्रम छ भने त्यसलाई अब छाडिदिनुपर्छ। बलजफ्ती गरिएका केहीले भए पनि यस सरकारमा स्थायित्व छैन।’
ओलीले जेनजी आन्दोलनका सहभागीहरूले सिंहदरबारमा राष्ट्रिय झण्डा ओढेर आगो लगाउने काम गर्न नसकेको र त्यसका लागि जिम्मेवारी आफूहरूमा नरहेको पनि स्पष्ट पारे।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया