काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा शनिबार दिउँसो एक युवतीले आत्मदाह प्रयास गरेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार अन्दाजी ३० वर्षीया नितु पौडेलले पेट्रोल खन्याएर आफैंलाई आगो लगाउने प्रयास गरेकी हुन्।
घटनाका क्रममा पौडेलसहित धनबहादुर गिरी नामक एक युवक पनि घाइते भएका छन्। दुवै जनालाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
‘महिलाले आत्मदाह प्रयास गरेको सूचनापछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो,’ एसपी भट्टराईले बताए, ‘उनीहरू दुबैजना घाइते छन् र हाल उपचारमा छन्।’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया