काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई आत्मसात् गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले माओवादीका नेता, कार्यकर्ता र विद्यार्थीलाई सरकारका तर्फबाट तर्साउने काम भइरहेको बताएका हुन्।

advertisement

उनले सरकारले भदौ २३ गतेको जेनजी आन्दोलनमा ‘हत्या गर्ने’ र ‘सत्तामा हालीमुहाली गर्ने’ बिचौलियाहरूलाई कारबाही गर्न नसकेको बताए। पुनले माओवादी केन्द्र र संयोजक पुष्पकमल दाहाललाई अनुसन्धानको नाममा तर्साउन खोजेको भन्दै यस प्रकारको प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए।

‘हामी निर्वाचनमा जान्छौँ, जनमतमा जान्छौँ, एजेन्डासहित जान्छौँ। हामी जेनजीका बलिदानलाई सार्थक बनाउने गरी जान्छौँ। तर यसमा हामीलाई टार्गेट गर्ने, २३ गते त्यत्रा दर्जनौँ नानीहरूको हत्या गर्नेहरूलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने बिचौलियाहरूलाई केही नगर्ने, अनि गएर प्रचण्ड कमरेडतिर गएर तेर्साउन खोज्ने? हाम्रा कोही नेतातिर तेर्साउन खोज्ने हामी स्विकार्दैनौँ,’ उनले भने।

उनले माओवादीलाई हेप्न खोज्ने प्रवृत्ति त्याग्न पनि आग्रह गरे।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com