काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन्।

शनिबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री, अन्य मन्त्रीहरू र चारै सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलपछि उनले यस्तो आग्रह गरेकी हुन्।

advertisement

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेकी छन्, ‘फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ। तयारी अझ द्रुत गतिमा अघि बढाइँदै छ। सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौं।’

उनका अनुसार छलफलमा निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे गम्भीर समीक्षा गरिएको थियो। राष्ट्रपति पौडेल, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले चुनावको वातावरण बनाउने विषयमा चलिरहेका तयारीबारे जानकारी आदानप्रदान गरेका थिए।

प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरू उच्च मनोबलका साथ सुरक्षाका लागि तयार रहेको जानकारी गराएको उल्लेख गर्दै राजनीतिक तहबाट पनि पहलकदमी लिइएको र राजनीतिक दलहरूसँग संवादको प्रक्रिया सुरु भएको बताएकी छन्।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com