म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-३ को सिमाना अर्जेखोलामा पर्ने झोलुङ्गे पुलको स्थानीयले श्रमदानबाट मर्मत गरेका छन् । बरङ्जाको न्यू स्टार युवा क्लबको अगुवाइमा स्थानीयले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन् ।

करिब २० वर्षअघि निर्माण भएको उक्त पुलमा बिछ्याइएको काठको फल्याक खस्नुका साथै भाचिँएपछि जीर्ण बनेको थियो । मर्मत भएपछि जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या अन्त्य भएको स्थानीय बताउँछन् ।

advertisement

स्थानीयद्वारा उपलब्ध टुनीको रुख काटेर फल्याक बनाइएको थियो । पुरानो फल्याक हटाउन र नयाँ राख्न शनिबार करिब एक सय स्थानीयले श्रमदान गरेका क्लबका अध्यक्ष गणेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार काठ काट्न र सामग्री खरिद गर्न रु ६६ हजार ६०० खर्च भएको छ ।

अहिले पनि स्थानीयबाट सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष केसीले बताए । करिब ३० मिटर लामो उक्त पुल मर्मतपछि अर्जेखोला, खर्क, बनाहपिङ्गे, थामडाँडा, सिङ्गा, तातोपानीलगायत क्षेत्रका बासिन्दा लाभान्वित हुने उनको भनाइ छ ।

सडक, यातायातको सुविधा पुग्नुअघि बरङ्जाका बासिन्दा तातोपानी र बेनी बजार आउजाउ गर्न यही झोलुङ्गे पुल हुँदै पदमार्गको प्रयोग गर्दथे । बिजुली आमा समूह, सामुदायिक वन, बि एण्ड पी क्लबलगायत स्थानीय सङ्घसंस्थाले पनि पुल मर्मतमा सहयोग गरेका क्लबका अध्यक्ष केसीले जानकारी दिए ।

प्रकाशित मिति: २ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com