काठमाडौं । जेनजी आन्दोलनका घाइेतहरू प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन्।

गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरु प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न वैशाखी टेकेर सिंहदरबार पुगेका हुन् । यसअघि सिंहदरबार प्रवेश नपाएपछि उनीहरु गेटमै बसे धर्ना बसेका थिए ।

advertisement

उनीहरुले दबाब दिएपछि उनीहरुलाई भित्र छिर्न दिइएको हो । उनीहरुको करिब २४-२५ जनाको टोली छ। जेनजी घाइतेहरू २८ जनालाई नै वार्ता समावेश गर्नुपर्ने उनीहरुको माग छ ।

आफूहरुलाई बेवास्ता गरिएको भन्दै उनीहरुले पटक पटक प्रधानमन्त्री कार्कीलाई भेट्ने प्रयास गरेका थिए । जेनजीको नाममा अरुले नै आन्दोलनको मर्मविपरितका गतिविधिहरु गर्दै आएको उनीहरुको आरोप छ ।

प्रकाशित मिति: २ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com