काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले आफू सरकारका कुनै पनि दवाव वा धम्कीबाट नडराउने बताएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आफू विदेश भागेको दाबी गरेको भोलिपल्ट मंगलबार आफ्नै जलेको निवास परिसरमा पत्रकार सम्मेलन गर्दै खड्काले भने, ‘सरकारले ममाथि पक्राउ वारेन्ट जारी गरेको छ र? वा विदेश जान रोक लगाएको छ र? त्यस्तो केही नभएको अवस्थामा मलाई भागेको भन्न मिल्दैन। म डराउँदिन, साना कुराले मलाई छोएन।’

advertisement

पूर्वमन्त्री खड्काले ‘जेनजी आन्दोलन’का क्रममा भदौ २४ गते आफू घरमै रहेको बताउँदै त्यस दिनको घटनाक्रम स्मरण गरे । ‘म घरमै खाना खाँदै थिएँ, त्यति बेलामा प्रदर्शनकारीहरू ढोकामा हान्न थाले । आगजनी सुरु भएपछि न खाना खान पाइयो, न बच्चालाई खुवाउन पाइयो,” उनले भने, “त्यसपछि आर्मीहरूले सुरक्षित रुपमा बाहिर निकाले।’

उनका अनुसार घरमा आगलागी भएपछि केही समय छिमेकीकोमा बसेका थिए भने राति नेपाली सेनाको ब्यारेकमा शरण लिएका थिए । ‘म छिमेकीकोमा बसेँ, पछि राति आर्मी क्याम्पमा बसें,’ उनले बताए, ‘त्यसपछि उपचारका लागि केही दिनका लागि तराईतिर गएँ।’

खड्काले त्यसपछि बिरामी भएपछि भारत उपचारका लागि गएको स्पष्ट पारे । ‘मलाई डेङ्गु भएको रहेछ, त्यसैले उपचारका लागि भारत गएँ,’ उनले भने, ‘त्यहाँ केही मन्त्रीहरूसँग पनि भेटघाट भयो। अहिले म, मेरी श्रीमती र बच्चा सबै बिरामी थियौं।’

पूर्वमन्त्री खड्काले हालको सरकारप्रति टिप्पणी गर्न नचाहेको उल्लेख गर्दै भने, ‘सरकारले निर्वाचन घोषणा गरिसकेको छ, अहिले देशलाई सम्हाल्ने जिम्मा सबै राजनीतिक दल र नागरिकले लिनुपर्छ। परिस्थितिले सिर्जना गरेको सरकार भएकाले यसबारे म कुनै टिप्पणी गर्न चाहन्न।’

प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com