काठमाडौं । राष्ट्रिय जेन–जी पार्टी नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेका छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइका अनुसार हिरा प्रसाद सेती विरण विक) अध्यक्ष रहनेगरी आयोगमा दल दर्ताको निवेदन परेको हो । उक्त निवेदनको दर्ता नं. ५३९ रहेको छ ।

उनीहरुले निर्वाचन चिन्ह क्रस खुकुरी माग गरेका छन् । तर, उक्त चिन्ह परिवर्तनका लागि आयोगले सुझाव दिएको बताइएको छ । जेन–जी पार्टीको उपाध्यक्षमा मुना विक, महासचिव गोपाल आचार्य, सचिवहरूमा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेको बताइएको छ ।

advertisement

प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com