सुर्खेत । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कुनै हालतमा चुनावबाट नभाग्ने र त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

मंगलबार बिहान वीरेन्द्रनगरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले सरकारलाई तत्काल चुनावको वातावरण तयार गर्न आग्रह गरे । उक्त कार्यक्रम कांग्रेस सुर्खेतका पूर्व सभापति तथा जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति स्वर्गीय गोविन्दबहादुर मल्लको १३औँ दिनको पुण्यतिथि अवसरमा आयोजना गरिएको थियो ।

advertisement

खड्काले भने, ‘कांग्रेस सधैं लोकतान्त्रिक मूल्य, प्रक्रिया र जनमतको सम्मान गर्ने पार्टी हो । हामी चुनावका लागि तयार छौं, अब सरकारले आवश्यक वातावरण बनाउनुपर्छ।’

उनले वर्तमान राजनीतिक अनिश्चितता र अस्थिरताको जिम्मेवारी सरकारकै रहेको उल्लेख गर्दै सरकारभित्रका केही व्यक्तिहरूले राजनीतिक दलका नेतामाथि पूर्वाग्रही रूपमा आरोप लगाउने प्रवृत्तिले देशमा अन्योल बढाएको आरोप लगाए ।

‘अहिले देशमा देखिएको राजनीतिक भ्रम र अस्थिरतालाई बढावा दिने काम सरकारभित्रैबाट भइरहेको छ,’ खड्काले भने ।

त्यस क्रममा उनले कानुनी प्रक्रिया अनुसार हुने कुनै पनि छानबिन वा अनुसन्धानमा नेपाली कांग्रेसको पूर्ण समर्थन रहने स्पष्ट पारे । ‘तर अनुसन्धान निष्पक्ष हुनुपर्छ, राजनीतिक प्रतिशोधका रूपमा प्रयोग हुनु हुँदैन,’ खड्काले जोड दिए ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com