दोलखा । दोलखाकाे भीमेश्वर नगरपालिका–९ स्यासीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमलसिनाका अनुसार दुर्घटनामा स्यासीकी ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया गंगाकुमारी श्रेष्ठ घाइते भएका हुन् ।

advertisement

ग २ च ३४०० नम्बरको जिप अचानक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । सो जिपमा सात जना सवार थिए ।

घाइतेमध्ये गोमा भुजेलको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरी अधिकारी तिमलसिनाले जानकारी दिए । अन्य घाइतेहरूको चरिकोटस्थित च्छो-रोल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com