जुम्ला ।  जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मीनबहादुर रावलकाअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चार हजार ४२ पुरुष र तीन हजार ३८८ महिलाले राष्ट्रिय परिचयपत्र बनाएका हुन् ।

advertisement

यसैगरी छ हजार ८७ जनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । राहदानी लिनेहरूमा ६५१ पुरुष र ३७७ महिला गरी जम्मा एक हजार २८ जना रहेको सूचना अधिकारी रावलले जानकारी दिए ।

सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएपछि चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोजसम्ममा मात्र तीन हजार ५३७ जनाले आवेदन दिएका छन् ।

राहदानी, सङ्घसंस्था दर्ता तथा नवीकरण एवम् अन्य शीर्षकमा चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा रु १३ लाख ३७ हजार ६५० राजस्व सङ्कलन भएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com