काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशको वर्तमान अवस्थाप्रति गहिरो असन्तोष जनाउँदै राजनीतिक नेतृत्वप्रति कडा प्रहार गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले  ‘तुइन र काठको पुल बनाउने नेताहरु विदेशीलाई दोषारोपण गर्ने’ प्रवृत्तिप्रति आक्रोश पोखेका छन्।

‘यो देश विदेशीले बिगार्‍यो भन्छन्, तर Visa पाउन त तिमीहरु नै जनताको घर–घर धाइरहेका हुन्छौ,भन्दै बालेनले दोहोरो चरित्रको आलोचना गरेका छन्। उनले थपे, ‘अरुलाई एजेन्ट भनेर दोष दिन्छौ, आफैं विदेशीको दलालीमा रमाउँछौ।”

advertisement

राजनीतिक आन्दोलनहरूप्रति पनि बालेनले आलोचनात्मक दृष्टिकोण राखेका छन्। उनले लेखेका छन्, आन्दोलनमा एमालेले काङ्रेसको जलाउँछ, काङ्रेसले एमालेको। तर दोश भने आफ्ना बालबच्चालाई दिन्छौं।

आम नागरिकको मानसिकता र दोहोरो व्यवहारप्रति प्रश्न उठाउँदै उनले भने, चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ! लाज लाग्दैन?

प्रकाशित मिति: ६ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com