खलंगा । दार्चुलाको मार्मा गाउँपालिका–३, दानीखेतमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार  बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी जीपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए ।

advertisement

जीप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

जीप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com