काठमाडौं । आत्मदाह प्रयासपछि उपचाररत गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको क्रममा शुक्रबार बिहान साढे ८ बजे उनको निधन भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा पौडेलले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन्। गम्भीर रूपमा जलेपछी उनलाई तत्काल अस्पताल पुर्याइएको थियो ।
घटनापछि प्रहरीले गायक बाबुल गिरीलाई सोधपुछका लागि बोलाएको थियो । गिरी हाल पनि प्रहरी सम्पर्कमै रहेका छन्, तर पौडेलको पक्षबाट अहिलेसम्म कुनै जाहेरी दर्ता नभएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया