काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश नगरेको पशुपति क्षेत्र विकास कोषले स्पष्ट पारेको छ ।

कात्तिक ५ गते बुधबार गृहन्त्री अर्यालले परिवारसहित पशुपति क्षेत्रको निजी भ्रमण र यहाँका मुख्य मुख्य मन्दिरमा दर्शन गर्नुभए र निषेधित क्षेत्रमा जुत्ता लगाएर प्रवेश नगरेको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । पशुपतिनाथको मूल मन्दिरभन्दा बाहिरको नैऋत्य कोणमा बनाइएको ढोकाअघि खिचेको तस्बिर शेयर गरी सामाजिक सञ्जालमा गलत प्रचार गरिएको पनि उनले स्पष्ट पारे ।

advertisement

विसं २०५९ मा वसन्त चौधरी कोषको सदस्य सचिव हुँदा खोलिएको ढोकाअघि गृहमन्त्रीले तस्बिर खिचाएका थिए । आर्यघाट हुँदै गुह्येश्वरी मन्दिरतिर जाने बाटोसँगै त्यस पेटीमा गृहमन्त्री अर्याल परिवारसहित निमित्त सदस्य सचिव र एक जना पण्डित पनि भएको तस्बिरलाई गलत रूपमा सामाजिक सञ्जालमा प्रचार गरिएको कोषले जनाएको छ ।

बुधबार गृहमन्त्री अर्यालले पशुपतिनाथ, मृगस्थलीस्थित गोरखनाथ गुह्येश्वरी मन्दिरमा दर्शन गरेकाे कोषले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com