काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्टहरूबिच एकताको आवश्यकता थप बढेको बताएका छन् ।

समाजवादी मोर्चा र अन्य सहमत पार्टीहरूबिचको एकताबारे अनेक प्रचार भइरहेको भन्दै उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पार्टीको धारणा उल्लेख गरेका हुन् ।

advertisement

उनले भने, ‘एकता संगठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृतिसहितको एकरूप बुझाइसँग सम्बन्धित छ । यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन ।’

उनले कुनै पार्टीहरूबिच एकता हुने विषयलाई सकारात्मक रूपमा लिनुपर्ने समेत बताए । कम्तीमा कम्युनिस्टहरूबिच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तर्विरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघीयता) स्थापना गर्न संयुक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त,समाजवादी,कम्युनिस्ट शक्तिहरूबिच मोर्चा निर्माणमा अग्रसर हुनुपर्ने समेत उनले बताएका छन् ।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com