काठमाडौं । त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत नेपाल इरानसँग पराजित भएको छ।

शुक्रबार भारतको सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न खेलमा इरानले नेपाललाई ३-० ले हराएको छ।

advertisement

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले पहिलो हाफमा राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

त्यसपछि खेलको ४९ औँ मिनेटमा इरानले पहिलो गोल गरेको छ। इरानका लागि सारा दिदारले पहिलो सफलता दिलाइन्। इरानले पहिलो गोल गरेको दुई मिनेटपछि नै दोस्रो गोल गरेको छ।

इरानका लागि कप्तान जाहाराले दोस्रो सफलता दिलाइन्। खेलको ५७ औँ मिनेटमा इरानले अर्को गोल थपेको छ। इरानका लागि सबनम बेहिसटले तेस्रो गोल गरिन्।

यसअघि इरानले आफ्नो पहिलो खेलमा घरेलु टोली भारतलाई २-० ले पराजित गर्दै प्रतियोगिताको शुरुआत गरेको थियो।

यसअघि सन् २०१९ मा नेपालले इरानलाई ३-० ले पराजित गरेको थियो। नेपालले अब सोमवार भारतसँग खेल्ने छ।

यो जितसँगै इरानले त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताको उपाधि पनि जितेको छ। यसअघि इरानले भारतलाई पनि पराजित गरिसकेको थियो।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com