काठमाडौं । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएका एक कैदीको पूर्वी नवलपरासीमा हत्या भएको छ । गैँडाकोट नगरपालिका क्षेत्रमा शुक्रबार राति धारिलो हतियार प्रयोग गरी २८ वर्षीय नारायण कुमालको समूहगत आक्रमणमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वी नवलपरासीका प्रहरी प्रमुख (एसपी) युवराज खड्काका अनुसार गैँडाकोटस्थित इँट्टाभट्टा नजिक ५ देखि ८ जनाको समूहले कुमालमाथि प्राणघातक हतियारले आक्रमण गरेका थिए । घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए ।

advertisement

मृतक कुमाल चितवनको कालिका नगरपालिका–४ पदमपुरका बासिन्दा हुन् । बलात्कार मुद्दामा दोषी ठहर भई अदालतबाट १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानाको सजाय पाएका उनी हालै ‘जेनजी’ आन्दोलनको दौरान भिमफेदी कारागारबाट फरार भएका थिए ।

प्रहरीका अनुसार कुमाल भदौ २४ गते कारागारबाट भागेका थिए । उनलाई २०७४ साल साउन ३ गते पक्राउ गरी कारागारमा पठाइएको थियो ।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com