काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनको टिम अब भारत नआउने भएका छन्।

यसअघि नोभेम्बर १७  मा केरलको कोच्चीस्थित जवाहरलाल नेहरू स्टेडियममा अर्जेन्टिना र अन्य टिमबीच मैत्रिपूर्ण खेल हुने तय गरिएको थियो। तर अन्तिम समयमा खेल रद्द भएको आयोजकले पुष्टि गरेका छन्।

advertisement

मैत्रिपूर्ण खेलका प्रमुख प्रायोजक ‘रिपोर्टर ब्राडकास्टिङ कम्पनी’ का प्रबन्ध निर्देशक एन्टो अगस्टिनले सामाजिक सञ्जालमार्फत खेल रद्द भएको जानकारी दिएका हुन्। उनका अनुसार खेलका लागि फिफाबाट अनुमति लिन ढिलाइ भएपछि अर्जेन्टिना फुटबल एशोसिएसन (AFA) सँग परामर्श गरी खेल स्थगित गर्ने निर्णय गरिएको हो।

बीबीसीका अनुसार केरलका खेलमन्त्रीले केही समयअघि नै अर्जेन्टिनासँगको मैत्रिपूर्ण खेलको घोषणा गरेका थिए। तर फिफा स्वीकृत प्रक्रिया समयमै पूरा नहुँदा लियोनल मेस्सीसहितको टिम भारत यात्रा गर्न नसक्ने भएको हो।

यससँगै भारतीय समर्थकहरूमा निकै प्रतीक्षित मेस्सीको ‘इन्डिया डेब्यू’ योजना अनिश्चित बनेको छ।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com