काठमाडौं । बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका-९गुरुवागाउँ नमुनाटोलका ४० वर्षीय इन्द्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

खत्रीलाई सामुदायिक वनमा बिहान आठ बजे घाँस काट्न गएको बेला बाघ आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको शव आज क्षतविक्षत अवस्थामा फेला परेको थियो । शरीरको मासु खाएको, टाउको र खुट्टा छुट्टिएको अवस्थामा शव भेटिएको हो।

advertisement

बाघले पटक-पटक मान्छेलाई आक्रमण गरेको भन्दै स्थानीयले निकुञ्ज प्रशासनविरुद्ध आक्रोश पोखेका छन्।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com