काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुन:स्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउने बताएका छन् ।

यहाँको सुनबलमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै उनले संसद् पुन:स्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताए ।

advertisement

उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि संसद् पुन:स्थापना आवश्यक रहेको जिकिर गरे । उनले चुनाव गराउन प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजारभन्दा बढी कैदी अझै बाहिरै रहेकाले चुनावका लागि सुरक्षा चुनौती रहेको धारणा राखे ।

फेरि पनि समझदारीका साथ अगाडि बढ्न सकिन्छ । भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन, जेनजी प्रतिनिधिसँग बसेर वार्ताका माध्यमबाट न्यूनतम विषयमा समझदारीपछि संसद् पुन:स्थापनासहित निर्वाचित जनप्रतिनिधिबाट सहमतिमा चुनाव गरेर अगाडि बढ्न सकिन्छ।, उपमहासचिव ज्ञवालीले भने । उनले पार्टीको महाधिवेशन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुंगो लगाउने बताए ।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com