काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका-११ स्थित सभाखोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका-२ निवासी २६ वर्षीय मिङमा शेर्पा रहेका छन्।

advertisement

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शुक्रबार राति सभाखोलामा हात धुने क्रममा शेर्पालाई खोलाले बगाएर बेपत्ता बनाएको थियो।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी कार्य सुरु गरेको थियो।

खोजी गर्ने क्रममा प्रहरीले उनको शव फेला पारेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com