काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँ कायम छ । कात्तिक ३ गते छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा काराेबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ । कात्तिक ३ गते चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया