काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले अबको आन्दोलनमा पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्म यातायात बन्द गराउने बताएका छन् । आज (आइतबार) राजधानीमा सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै उनले अबको आन्दोलन सफल भएर नै छाड्ने बताए । आफूहरुले सुरु गरेको आन्दोलन सफल नभएको खण्डमा देशबाट ५० लाख मान्छे विस्तापित हुने अवस्थामा रहेको बताए ।

‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामी यातायात बन्द नै गर्छौं । व्यापार–व्यवसाय बन्द नै हुन्छ । अब पनि यो आन्दोलन सफल भएन र नेपालीको हातमा र नेपालको माटो सुहाउँदो, नेपालीहरुले जितेनन् भने अब ५० लाख मान्छेहरु विस्तापित हुँदैछन् यो देशबाट । भुगोल रहला, तर नेपाली नागरिक रहँदैनन्,’उनले भने ।

advertisement

उनले व्यवस्था परिवर्तन गर्नका लागि सबै जना लाग्नुपर्ने बताए । आफूहरुले आन्दोलनको मिति अबको ५/७ दिनपछि तोक्ने बताए । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने पनि उनले बताए । अबको आन्दोलन नेपाल र नेपाली जोगाउनका लागि रहेको उनको दाबी छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com