क्वालालम्पुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला मलेसियाको भ्रमणमा छन् । उनी भ्रमणमा रहेकै समयमा उनको विरुद्धमा प्रदर्शन भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी ‍र्याली आयोजना गरिएको थियो ।

समाचार एजेन्सी एएफपीले प्रसारण गरेको एउटा भिडियोमा प्रदर्शनकारीहरूले ट्रम्पविरुद्ध नाराबाजी गरेको देखाइएको छ । धेरैले प्यालेस्टिनी झण्डा फहराउँदै ‘ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन’ लेखिएको ब्यानर राखेर प्रदर्शन गरेका थिए ।

advertisement

ट्रम्प हाल एसियाको एक हप्ता लामो भ्रमणमा छन् । मलेसियामा उनको उपस्थितिमा थाइल्यान्ड र कम्बोडियाले आफ्नो सीमा विवाद अन्त्य गर्न शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com