काठमाडौं । जेनजी आन्दोलनमा प्रहरीलाई घेरा हालेर हत्या गरेको कसुरमा थप ५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार प्रहरी हत्याका क्रममा विभिन्न भूमिका खेल्ने व्यक्तिलाई खोजतलासका क्रममा फेला पारिएको हो ।

advertisement

पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर हुन् ।

महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको प्रदर्शनकारी बनेर पुगेका केही व्यक्तिको कुटपिटबाट मृत्यु भएको थियो । उनीहरूले कार्यालयबाट तानेर नजिकै रहेको भाटभटेनी सुपरस्टोरको पर्खालमा लगेर प्रहरीलाई कुटपिट गरेका थिए । अचेत भएपछि घिसारेर मुख्य सडकको बीचमा पुर्‍याएका थिए । त्यहाँ पनि कुटपिट हुँदा उनीहरूको ज्यान गएको थियो ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com