काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले श्रम तथा रोजगार मन्त्रीका लागि सिफारिस गरेपछि विवादमा परेका खगेन्द्र सुनार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका छन्।

सुनार दैलेख–१ क्षेत्रबाट १४औं महाधिवेशनमा खुला तर्फका प्रतिनिधि बनेका हुन्। उनले ३४९ मत प्राप्त गरी निर्वाचित भएका थिए। मंसिर २०७८ मा सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उनी प्रतिनिधिका रूपमा सहभागी भएका थिए।

advertisement

नेपाली कांग्रेसका अनुसार हालसम्म ६८ जना महाधिवेशन प्रतिनिधिले पद त्याग गरेका छन् भने ४६ जनाको मृत्यु भइसकेको छ। तर, ती प्रतिनिधिहरूको सूचीमा सुनार अझै कायम रहेको पार्टी स्रोतले जनाएको छ।

सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दायर भएको भन्ने विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि प्रधानमन्त्री कार्कीले उनलाई मन्त्री बनाउने वा नबनाउने भन्ने विषयमा अन्तिम निर्णयका लागि छलफल जारी राखेकी छन्।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com