काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका लागि सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि आज शपथ नहुने भएको छ। भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको तथ्य बाहिर आएपछि प्रधानमन्त्री कार्यालयले उनको सिफारिस रद्द गरेको हो।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको शपथ पनि विवादास्पद मुद्दाका कारण रोकिएको थियो।

advertisement

यससँगै आज हुने शपथ समारोहमा केवल दुई मन्त्रीले मात्रै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्, राष्ट्रपति कार्यालयका स्रोतले जनाएको छ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com