काठमाडौं । नयाँ मन्त्रिपरिषद्को विस्तारअन्तर्गत दुई मन्त्रीले आइतबार शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रीका रूपमा नियुक्त भएका हुन्।
यसअघि मन्त्रीका रूपमा खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको पनि सिफारिस गरिएको थियो। तर, कानुनी विवादका कारण अन्तिम समयमा आएर दुवैको नाम रोकिएको थियो।
यससँगै नयाँ सरकारमा अहिले दुई मन्त्रीले मात्र जिम्मेवारी सम्हालेका छन्।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया