काठमाडाैं । नवनियुक्त मन्त्रीद्वय डा सुधा शर्मा गौतम र बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराएका हुन्।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिए।

advertisement

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, वर्तमान मन्त्रिपरिषद्का सदस्यलगायत उपस्थित थिए।

आज ४ जनाले शपथ लिने भनिए पनि अन्तिममा दुई जनाको रोकिएको थियो। श्रम रोजगारमन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनार र भूमिमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको शपथ रोकिएको हो।

खगेन्द्रविरुद्ध विभिन्न अभियोगमा मुद्दा भएपछि रोकिएको हो भने गणपतिलालले पर्यटनबाहेकको मन्त्रालयको जिम्मेवारी नलिने अडान लिएपछि रोकिएको हो। सुरुमा उनलाई पर्यटनमन्त्रीमै सिफारिस गरिएको भए पनि पछि उनलाई भूमि मन्त्रीमा सिफारिस गरिएको थियो।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com