काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्रै रहेका भ्रष्टाचारका घटनाहरूको छानबिन गर्न सरकारसँग माग गरेकी छन्।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रमा समेत भ्रष्टाचारको जरो रहेको भन्दै निष्पक्ष छानबिन आवश्यक रहेको बताइन्। तिमिल्सिनाले अनुसन्धानका क्रममा दोषी प्रमाणित हुने जो कोही भए पनि, पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत कानूनी कारबाहीबाट बचाउन नहुने स्पष्ट धारणा राखिन्।

advertisement

उनका अनुसार रेडफोर्सले अबदेखि भ्रष्टाचारविरुद्ध शंखनाद गर्दै देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

कार्यक्रममा जेनजी रेडफोर्सले आफ्ना प्रमुख एजेन्डा सार्वजनिक गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था, विज्ञहरूबाट मन्त्रीपरिषद् गठन, र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग अघि सारेको छ। साथै, सबै तहका भ्रष्टाचार प्रकरणको छानबिन गरी कारबाही गर्ने, संवैधानिक निकाय र शैक्षिक संस्थाका पदाधिकारीहरूलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने, उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने, र सहकारी ठगीमा संलग्नहरूलाई कठोर कारबाही गर्ने माग पनि प्रस्तुत गरिएको छ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com