गोरखा । नेकपा (माओवादी केन्द्र) का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालको सरकारलाई अन्य कार्यमा होइन, आगामी निर्वाचन सम्पन्न गराउने तयारीमा केन्द्रित हुन आग्रह गरेका छन्।
आइतबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अहिलेको अन्तरिम सरकारको प्रमुख दायित्व स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पारे।
उनले भने, यो अन्तरिम सरकारले अरू धेरै काम गर्छु भन्नुभन्दा चुनावी वातावरण निर्माण गर्नेतर्फ ध्यान दिनुपर्छ। उनका अनुसार गृहमन्त्रीले सुरक्षा र प्रशासनिक संयन्त्रलाई निर्वाचनमुखी बनाउने जिम्मेवारी सम्हाल्नुपर्छ।
प्रचण्डले तोकिएको समयमा चुनाव सम्पन्न गराउन सबै पक्ष एकजुट हुनुपर्ने भन्दै हालको राजनीतिक परिस्थिति त्यसतर्फ सकारात्मक देखिएको बताए। उनले एमाले पनि अब चुनावमा सहभागी हुने तयारीमा रहेको दाबी गरे।
उनका शब्दमा, “एमाले हिजोसम्म चुनावमा नजाने भन्थ्यो, तर अहिले चुनावको तयारी सुरु गरेको छ। पार्टी एकताको विषयमा बोल्दै प्रचण्डले माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दलबीच छलफल जारी रहेको तर अझै अन्तिम सहमति नजुटेको जानकारी दिए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता रोक्न प्रयत्न गर्दै अफवाह फैलाइरहेको आरोप लगाए।
ओलीजी एकता नहोस् भनेर विभिन्न ठाउँमा फोन गर्दै भ्रम फैलाइरहनुभएको छ,” प्रचण्डले भने, “उहाँले माओवादी र समाजवादीबीचको वार्तालाई ह्युमिलेट गर्न खोजिरहनुभएको छ, तर हामी सम्मानजनक एकता चाहन्छौं, आत्मसमर्पण होइन। उनका अनुसार पार्टी एकता, चुनाव चिन्ह र विधानसम्बन्धी विषयमा अझै टुंगो लागेको छैन। प्रचण्डले जोड दिए, “कसैलाई अपमान गरेर होइन, बराबरी र आपसी सम्मानको आधारमा मात्र एकता सम्भव हुन्छ।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया