काठमाडौं । नयाँ नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले सोमबार पदभार ग्रहण गरेकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेपछि उनले मन्त्रालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन्।
पदभार ग्रहणसँगै मन्त्री शर्माले पहिलो निर्णयका रूपमा आन्दोलनका क्रममा घाइते तथा प्रभावित सबैका लागि मनोपरामर्श सेवा (काउन्सिलिङ) स्थापना गर्ने घोषणा गरेकी छन्। उनले यस्तो सेवाले घाइतेहरूलाई मानसिक रूपमा सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
डा. शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया