काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं उपत्यकाका सुरक्षा निकायका शीर्ष अधिकारीहरूले बोलाएर आइतबार विशेष छलफल गरेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर — तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखहरू सहभागी भएको बैठक काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको हो ।

advertisement

काठमाडौंका सीडीओ ईश्वरराज पौडेलका अनुसार, प्रसाईंले छठ पर्वपछि आन्दोलन गर्ने घोषणा गरेको भन्दै प्रशासनले सुरक्षात्मक चासोका लागि उनलाई बोलाएर छलफल गरेको हो ।

‘प्रसाईंले सार्वजनिक रूपमा गरेका अभिव्यक्ति र सामाजिक सञ्जालमा प्रसारित गतिविधिबारे पनि छलफल भयो,’ सीडीओ पौडेलले बताए ।

उनका अनुसार प्रसाईंसँग आगामी दिनमा गर्ने भनिएको आन्दोलनबारे पनि सोधिएको थियो । जवाफमा प्रसाईंले अहिले तत्काल कुनै आन्दोलन कार्यक्रम तय नभएको बताएका छन् ।

बैठकमा ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा तीनै जिल्लाका प्रहरी प्रमुखहरू उपस्थित थिए । प्रशासनले प्रसाईंका पछिल्ला गतिविधि र सम्भावित सुरक्षा जोखिमका विषयमा समन्वयात्मक तयारी गर्न बैठक आयोजना गरेको बताइएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com