काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यस वर्ष छठ पर्वका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भन्दै आयोजकहरूसँग क्षमायाचना गरेका छन् ।

फेसबुकमार्फत् शुभकामना सन्देश जारी गर्दै थापाले काठमाडौं र मधेशका विभिन्न स्थानमा आयोजित छठका कार्यक्रममा निमन्त्रणाका लागि आभार व्यक्त गर्दै उपस्थित हुन नसक्नेमा खेद प्रकट गरेका हुन् ।

advertisement

‘यो वर्ष दशैं, तिहार र नेपाल सम्वतझैँ छठ पर्वका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु,’ उनले लेखेका छन्, ‘मलाई निम्तो गर्नु भएका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक धन्यवाद।’

महामन्त्री थापाले आगामी वर्ष सबैसँगै छठ पर्व मनाउने इच्छा व्यक्त गर्दै छठी माईको दिव्य आशीर्वादले देशभरका श्रद्धालु र परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com