काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ती आज सिंगापुर जाने तय भएको छ।
राती नौ बजे आरजु राणासहित देउवा सिंगापुर जान लागेका हुन्।
सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा लगेको थियो। नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ।
पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका देउवा उपचारका लागि सिंगापुर जान लागेका हुन्।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार













प्रतिक्रिया