काठमाडौं । हालै नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)को भ्रमण गर्दै जेनजी आन्दोलनमा घाइते भएका नागरिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

अस्पतालको निरीक्षणका क्रममा मन्त्री गौतमले घाइतेहरूसँग प्रत्यक्ष संवाद गरिन्। ती पीडितहरूको अवस्था देख्दा उनी अत्यन्तै भावुक बनिन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आँसु थाम्न नसकी भनिन्, घाइतेहरूको पीडा देख्दा मन निकै दुख्यो। यो आन्दोलनले सार्थकता पाओस् भन्ने मेरो गहिरो चाहना छ। सरकारको विरोध वा निर्वाचन विथोल्ने प्रयास नगर्न सबैलाई आग्रह गर्न चाहन्छु।

advertisement

उनको संवेदनशील अभिव्यक्ति र भावुकता देखेर अस्पतालमा उपस्थित अन्य व्यक्तिहरू पनि भावुक बनेका थिए। मन्त्री गौतमले घाइतेहरूको उपचारमा कुनै कमी नहोस् भन्ने सुनिश्चित गर्न अस्पताल प्रशासनलाई आवश्यक निर्देशनसमेत दिएकी छन्।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com