काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आगामी कात्तिक २० गते काठमाडौँमा आयोजना हुने बृहत् आमसभामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले स्वाधीनता र समाजवादका पक्षमा दृढतापूर्वक उभिन नागरिकलाई आग्रह गरे।

advertisement

विप्लवले देश परिवर्तनको जिम्मा बाहिरी शक्तिमा होइन, आफ्नै नागरिकमा रहेको उल्लेख गर्दै भनेका छन्, ‘नेपाललाई अरूले होइन, हामी आफैंले फेर्ने हो। जब देशका भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल र परजीवीहरू समाप्त हुन्छन्, तब मात्र नेपालले आत्मसम्मानका साथ उन्नति गर्न सक्छ।’

उनले स्वाधीन र समृद्ध राष्ट्र निर्माणका लागि सहकार्य र जनएकता आवश्यक रहेको बताउँदै भनेका छन्, ‘स्वाधीनता र समाजवादका पक्षमा कात्तिक २० गते काठमाडौँमा भेटौँ, साथीहरू।’

यसअघि नेकपाको केन्द्रीय समितिको विशेष बैठकले विभिन्न चरणमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com