काठमाडौं । मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम भएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संगठन विभागले अपडेट गरेको यही पार्टी सदस्यहरूबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् ।

advertisement

‘महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ । अब बाँकी निर्णय सचिवालय बैठकले गर्छ,’ उनले भने ।

आगामी हप्ता सचिवालय बैठक बस्ने तयारी भइरहेको पनि गौतमले बताए । ‘प्रतिनिधि छनोट लगायत महाधिवेशनको तयारीहरू सचिवालय बैठकले निर्णय गर्छ,’ गौतमले भने ।

तर पार्टी सदस्य संख्या भने लगभग टुंगिएको उनले बताए । ‘यसअघि ५ लाख ४० हजार पार्टी सदस्य थियौँ,’ स्थायी कमिटी सदस्य गौतमले भने, ‘यसपटक २८ प्रतिशतले सदस्य संख्या बढाएका छौँ ।’

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com