काठमाडौं । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई एमालेमै फर्किन सुझाव दिएका छन् । माओवादी केन्द्रमा पार्टी विलय गराउनुभन्दा एमालेमै फर्किदा राम्रो हुने उनको भनाइ छ ।

माओवादी केन्द्रसँग एकता गर्ने पक्कापक्की निर्णय बाहिरिएपछि एकीकृत समाजवादीका धेरै नेता तथा कार्यकर्ताहरुले विरोध गर्दै एमालेसँग एकताको लागि दवाब दिइरहेको पनि उनले खुलासा गरेका छन् ।

advertisement

जनताको बहुदलीय जनवाद त्यागेर माओवादीसँग जाने कुरा आधाभन्दा धेरै कार्यकर्ताले स्वीकार नगर्ने भएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्थिति झनै जटिल बन्दै गएको नेता बस्नेतको दाबी छ।

‘एमाले विभाजित गराएर देशलाई धोका दिएर गएका माधव नेपालले माओवादीमा आफ्नो पार्टी विलय गराउनुभन्दा हात्ती लिएर गएको हुन्, बरु बोको लिएर एमालेमा फर्के हुन्छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com