काठमाडौं । पाँच वर्षपछि भारत र चीनबीच प्रत्यक्ष हवाई उडान पुनः सुरु भएको छ।

सोमबार भारतको कोलकाताबाट इन्डिगो एयरलाइन्सको फ्लाइट ६ई–१७०३ करिब १८० यात्रु लिएर चीनको ग्वाङ्जाउ पुगेपछि दुबै देशबीचको हवाई आवागमन औपचारिक रूपमा पुनः सुरु भएको हो।

advertisement

सन् २०२० को सुरुवातमा कोभिड–१९ महामारी फैलिनासाथ भारत र चीनबीचका सबै प्रत्यक्ष उडानहरू स्थगित गरिएका थिए। करिब पाँच वर्षको अन्तरालपछि अब पुनः उडान सञ्चालनमा आएसँगै दुई देशबीचको कूटनीतिक र आर्थिक सम्बन्ध क्रमशः सामान्य बन्दै गएको संकेत देखिएको छ।

हालैका वर्षहरूमा दुवै देशबीच सम्बन्ध सुधार्ने पहल हुँदै आएको छ। गत वर्ष भारत र चीनले सीमा क्षेत्रमा गस्तीसम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए। यसै वर्ष अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि चीन भ्रमणमा पुगेका थिए, भने सोही महिनामा चीनका विदेशमन्त्री वाङ यी पनि भारत आएका थिए।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com