काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसँगै छठ पर्व-२०८२ को अवसरमा छठी माताको पूजा अर्चना गरेका छन।
सोमबार साँझ राष्ट्रपति दम्पतीले पशुपति क्षेत्रअन्तर्गत गुह्येश्वरी मन्दिरअगाडि बागमती किनारस्थित गौरीघाटमा तयार गरिएको मुख्य छठ पूजास्थलमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठी माताको आराधना गरेका हुन।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार राष्ट्रपति पौडेल र प्रथम महिला पौडेलले धार्मिक परम्परा अनुसार पूजाअर्चना गरी देशमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका थिए।
राष्ट्रपति पौडेलको आगमनका क्रममा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका–८ का वडा अध्यक्ष आशामान संगतसहित छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले उनलाई स्वागत गरेका थिए।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार












प्रतिक्रिया