काठमाडौं । सरकारले आगामी निर्वाचनका तयारीका विषयमा राजनीतिक दल र जेन–जी प्रतिनिधिसँग संयुक्त छलफल गर्ने भएको छ। सरकारका प्रवक्ता तथा सञ्चार र सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बुधबार दिउँसो ४ बजेपछि तीनपक्षीय वार्ता बस्ने कार्यक्रम तय भएको हो।
मन्त्री खरेलले सरकारले निर्वाचनको समग्र वातावरण सहज बनाउनका लागि जेन–जी समूह र दलहरूबीच प्रत्यक्ष संवाद गराउने पहल थालेको बताए। उनका अनुसार छलफल आगामी निर्वाचनलाई निष्पक्ष, समावेशी र सबै पक्षको सहभागितायुक्त बनाउन केन्द्रित हुनेछ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रारम्भिक परामर्श बैठक गरिसकेकी थिइन्। सो बैठकमा प्रधानमन्त्री कार्कीले जेन–जी प्रतिनिधिहरूसँग पनि संयुक्त छलफल गर्नुपर्ने प्रस्ताव राखेकी थिइन्, जसलाई सहभागी दलहरूले सर्वसम्मत समर्थन जनाएका थिए।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार













प्रतिक्रिया